Comments Add Comment

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर जाने

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् ।

ओली १८ गते सिंगापुर जाने तयारी छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले भने यसबारे जानकारी नभएको बताएका छन् ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि जान लागेका हुन् । उनी यसअघि बैंकक र सिंगापुर गएका थिए ।

प्रधानमन्त्री भएपछि भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उपचार गराएका थिए ।

प्रधानमन्त्रीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि दुबई भ्रमण रहेको बताइएको छ ।

त्यही कारण नेकपा सचिवालय बैठक समेत साउन २८ गतेसम्म स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment