Comments Add Comment

कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ

१४ साउन, कैलाली । कैलालीको अत्तरियाबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला बेचबिखन र ओसारपसार भैरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका-४ बाट चितुवाको दुई थान छालासहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट रहेका छन् । उनीहरुलाई चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बडीकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

यसबारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment