News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा ‘जोयफुल विक’ अभियानसहित उपलब्ध गराएको छ।
- अभियानअन्तर्गत ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी खरिद गर्न, बुकिङमा उपहार र पुरानो गाडी एक्सचेन्जमा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ पाउनेछन्।
- अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, वार्षिक सवारी कर र होम चार्जिङ इन्स्टलेसन सुविधा पाउने कम्पनीले जनाएको छ।
५ असोज, काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमा नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। अभियानको मुख्य सन्देश ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ रहेको छ।
अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकलाई थप सुविधा दिने उद्देश्यले अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पाउनेछन्।
कम्पनीका अनुसार नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा रुचाइएको विद्युतीय मोडल हो।
पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। अभियानले पुरानो गाडी एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई सहज बनाउने उद्देश्य राखेको छ।
ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन्। कम्पनीका अनुसार ‘जोयफुल विक’ सीमित अवधिका लागि मात्र सञ्चालन हुनेछ।
प्रतिक्रिया 4