Comments Add Comment

बालबालिका कुटेर तह लाग्छन् ?

बालबच्चाले भनेको टेर्दैनन् । होमवर्क गर्दैनन् । खानेकुरा मन लगाएर खाँदैनन् । घुर्की लगाउँछन् । चकचक गर्छन् । तब हामी के गर्छौं ? गाला चड्काउँछौं । कान निमोठ्छौं ।

हामीले उनीहरुलाई किन कुटपिट गर्‍यौं ? किनभने उनीहरुले फेरी गल्ती दोहोर्‍याउने छैनन् । आज्ञाकारी हुनेछन् । झगडा गर्ने छैनन् । चकचक गर्ने छैनन् । विद्यालय जान आनकानी गर्ने छैनन् । खाना खाने बेला घुर्की लगाउने छैनन् । अर्थात कुटाई खाइने भयले उनीहरु आफ्नो बानी सुधार्नेछन् । तर, के यस्तै हुन्छ त ?

कुटेर कसैलाई सही बाटोमा लगाउन सकिन्छ ? अर्थात कुटपिट नै समस्याको समधान हो ? एकपटक मनन गरौं ।

आफ्ना छोराछारीलाई आफुले भनेको सबै कुरा मानोस् भन्ने चाहाना हरेक आमा- बुबाको हुन्छ । बाबुआमाले आफ्ना सन्तानका लागि राम्रो नै सोचेको हुन्छ । तर छोराछोरीले आमाबुबाको त्यो भावनाको कदर गर्दैनन् र भनेको मान्दैनन् ।

आफुले भनेको छोराछोरीले मानेनन् भने तपाईं के गर्नु हुन्छ ? प्रायः आमा-बाबुहरुमा आफ्ना छोरा-छोरीहरुलाई कुटपिट नगरी तह लाग्दैनन् भन्ने मान्यता छ । तर डर, धम्की, त्रास र शारीरिक सजायले बालबालिकालाई गलत कुरा सिकाउँछ । उनीहरुको मस्तिष्कको कार्यदक्षतामा ह्रास आउँदछ ।

आफूभन्दा ठूलाबाट पिटिँदा बालबालिकाहरु निराश र असहाय भएको महसुस गर्दछन् । जसले उनीहरुलाई उदास अथवा आक्रामक समेत बनाउन सक्छ । त्यसैले हामी उनीहरुले जुन काम जसरी गरुन् भन्ने चाहन्छौं, त्यो कसरी गर्ने भनेर पहिला नै राम्रोसँग सिकाइ दिनु पर्दछ । साना नानीहरुलाई आफूले गरिरहेको काम अथवा तरिका गलत हो भन्ने थाहा नहुन सक्छ । बुझाउँदा आफ्नो धैर्य कायम राख्न ुपर्दछ । सन्तानहरु अभिभावकलाई हरदम खुसी पार्न र खुसी देख्दै चाहन्छन् ।

पिटाइले बालबालिकालाई समस्या समाधान गर्न सिकाउँदैन, बरु उनीहरुलाई दुःखी मात्र बनाउँछ । आफ्ना सन्तानलाई कुटपिट गर्नाले उनीहरुको मनमा डर बस्छ र कति आवश्यक कुराहरु पनि भन्न सक्दैनन् ।

बोल्दा पनि बालबालिका संग मीठो भाषामा बोल्नु पर्छ । किनभने तपाईंले जस्तो भाषा उनीहरुको अगाडि प्रयोग गर्नु हुन्छ, तपाइंका छोराछोरीले पनि त्यसैको नक्कल गर्छन् ।

आफ्ना छोराछोरीलाई गाली गर्दा नराम्रँे शब्द प्रयोग गर्नु हुँदैन । शब्द र भाषाले पनि पिटाइले जत्तिकै बाल मस्तिष्कमा आघात पार्न सक्छ । त्यसैले बालबालिकाले गरेको जस्तो गल्ति भएता पनि अभिभावक आवेशमा आउनु हुँदैन ।

आफुलाई संयमित रखेर हात मुख चलाउनु अगाडि शान्त भएर बच्चाले के कारण यस्तो गल्ति गर्यो भन्ने बुझ्नु पर्छ । आफ्ना बच्चालाई पनि उनीहरुले कुन कुरामा गल्ती गरे, कसरी गल्ती गरे भन्ने कुरा राम्ररी बुझाइदिनु पर्दछ । गल्तिको कारणको टुंगो लगाएरै छाड्नुपर्दछ ।

घरमा पनि आवश्यक पर्ने कुराहरु जस्तै सरसफाइ, सुरक्षाका उपाय, खाना खाने, पढ्ने, मनोरन्जन गर्ने र सुत्ने समयका नियमहरु सुरुदेखि नै सिकाउनु पर्दछ । पिटाइले बालबालिकालाई क्रुद्ध, आक्रामक र रिसाहा स्वभावको बनाउँछ । उनीहरुमा प्रशिोधको भावना पनि जन्माउन सक्छ ।

शारीरिक सजायले बालबालिकालाई के सही हो र के गलत हो भन्ने छुट्याउन नसक्ने बनाइदिन्छ । त्यसकारण बालबालिकाले गरेको गल्तिलाई पनि भविष्यमा यस्तो गल्ति नगरोस् भन्नका लागि कुटपिट नै सहि तरिका हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत हुनु हुन्छ ।

तपाईंको बालबालिका अज्ञाकारी होस भन्ने चाहानु हुन्छ भने तपाईंले पनि आफ्ना केहि बानीहरु परिर्वतन गर्नु पर्छ । जस्तै आफ्ना बालबालिकाको कुरा सुन्ने, उनीहरुसंग समय बिताउने गर्नु पर्दछ ।

आफुलाई सम्हालेर उनीहरु प्रति सकारात्मक धारणा राख्नु पर्छ । आफुले उनीहरुबाट कस्तो व्यवहार चाहेको र त्यस्तो व्यवहार नहुँदा के हुन्छ भन्ने कुरा राम्रोसँग सम्झाउनु पर्छ ।

कुन कुरा राम्रो हो, कुन कुरा नराम्रो हो ? त्यो गर्दा त्यसको नतिजा के हुन्छ भन्ने बारेमा राम्ररी सम्झाउनु पर्छ । तपाईंले बालबालिकाको स-साना कुरामा पनि कुटपिट गर्नु भयो भने उसले पनि अरुलाई कुटपिट गर्न सिक्छ ।

बालबालिकालाई कुटपिट अथवा नराम्रो बोलिले गालि नगरी उनीहरुलाई हरेक नराम्रो कुराको बारेमा ज्ञान दिनु पर्छ ।

के कारण यी कुराहरु नराम्रा हुन् भन्ने कारण खुलाएर बताउनाले बालबालिकाले राम्ररी बझ्छन् र त्यो गल्ति कहिल्यै दोहोर्‍याउँदैनन् । बालबालिकाको भावना बुझ्ने र उनीहरुको आवश्यक चाहानालाई पुरा गर्ने अभिभावकको कतव्य हो ।

यदि तपाईले आफ्नो कर्तव्य पुरा गर्नु भएन भने बालबालिकाको भावनामा चोट पुग्छ । यसले उनीहरुको शिूक्षँमा पनि नराम्रो असर गर्छ ।

तपाईको बालबालिकाले राम्रो नरामो छट्याउन सक्दैनन् । उनीहरु आफ्ना साथीहरुबाट पनि टाढा रहन थाल्छन्, जसका कारण उसको मनको कुरा भन्ने कोहि हुँदैन र आफुलाई एक्लो सम्भिmन थाल्छ । त्यसैले आफ्ना बालबालिकासंग साथीको जस्तो व्यवहार गर्नु पर्छ ।

आफ्ना बालबालिकाको राम्रो कुराको प्रशंसा गर्नुपर्छ । तपाईले उसलाई कति माया गर्नु हुन्छ भन्ने कुरा अनुभव गराउनु पर्छ । कहिलेकाहि सन्तानको खराब बानी नदेखे झै गर्नु पर्छ र पछि उसलाई त्यस्ता बानी राम्रो होइन भन्ने कुरा राम्रोसँग सम्झाउनु पर्छ ।

पिटाइ अथवा थप्पडले बालबालिकालाई उग्र र ध्वंसात्मक बनाउन सक्छ । शारीरिक सजाय नै उनीहरुमा नराम्रो बानी व्यवहारको थप कारण बन्न सक्छ । यसले उनीहरुमा म खराब छु, र म खराब नै ठिक छु भन्ने सोचाईको बिकास हुन थाल्छ ।

त्यसका लागि बालबालिकाले नराम्रो व्यवहार गरे भने त्यसको तुरुन्तै कुनै सजाय दिइहाल्नु हुँदैन । केही समय आफुलाई शान्त पारेर मात्र उनीहरुसंग कुरा गर्नु पर्छ ।

सन्तानलाई कहिले पनि झापड लगाउनु हुँदैन । धेरै झापड खाएका बालबालिकामा आत्मनियन्त्रण गर्ने सोचाइको विकास हुन सक्दैन । राम्रो नराम्रोको निर्णय आफैं गर्न सक्दैनन् । सानोभन्दा सानो काम गर्न सक्दिन भनेर हतोत्साही हुने गर्दछन् ।

स्वभाविक रुपमा हरेक बालबालिकाले ससाना गल्ति गर्छन तर गल्तिको सजाय कुटपिट अथवा अपश्ब्दमा गालि गर्नु होइन ।

त्यसकोे लागि अभिभावकले आफुलाई शान्त राखेर सम्झाइ बुझाइ गर्नु पर्छ । उनीहरुको लाई राम्रा र नराम्रा कुराको उदाहरण सहित जानकारी दिनु पर्छ । जुन काम कुटपिटबाट गर्न सकिदैन, त्यो मायाले सम्झाएर गर्न सकिन्छ । तपाईंले पनि बाल्यवस्थामा कति गल्ति गर्नु भयो होला त्यो कुरा र्बिसनु हुँदैन ।

त्यसैले आजदेखि नै आफ्ना बालबालिकालाई साथी झैं व्यवहार गरि हरेक कुराको ज्ञान दिनुहोस्, जसका कारण उनीहरुबाट कुनै गल्ति हुन नपाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment