+
+
Shares

विश्वप्रकाशले गरे देउवा र पौडेलको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते २०:५७

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको आलोचना गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले पात्र फेरिए पनि प्रवत्ति नफेरिएको भन्दै दुबै नेताको आलोचना गरेका हुन् ।

स्व. सुशील कोइराला पार्टी सभापति हुँदा विभागहरु गठन गर्न नसकेको भनेर आलोचना गर्ने देउवा आफू सभापति हुँदा पनि २/३ वर्ष विभागहरु गठन हुन नसक्नु दुखद भएको उनले बताए । उनले वरिष्ठ नेता पौडेललाई पनि ४० प्रतिशत भाग खोजेको भन्दै आलोचना गरे । कोइराला सभापति हुँदा देउवाले ४० प्रतिशत भाग खोजेका करण पार्टी चल्न नसकेको भन्ने पौडेलले अहिले आफैं भाग खोजिरहेको भन्दै उनले भने, ‘पात्र बदलियो, प्रवृत्ति बदलिएन ।’

अब लामो बहस नगरी विधानअनुसार अन्तरिम संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । यसले मात्र अन्य एजेण्डामा प्रवेश गर्न सकिने शर्माको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?