Comments Add Comment

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा

१४ साउन, काठमाडौं । हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको सय कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ ।

सभामा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।

नेपाल सरकारले ल्याएको ठूला बैंकहरुलाई मर्जरगरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताउँदैं उनले बैंक मर्जरमा जाँदा बैंकका सेयरधनी तथा आम ग्राहकको हितलाई केन्द्रमा राखिएको बताए ।

हाथवे फाइनान्सको प्राप्ति पछि बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment