+
+
Shares

‘वीर विक्रम २’पछि शिवहरिको फिल्ममा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १५:०५

नायिका वर्षा सिवाकोटीका लागि चलचित्र क्षेत्रमा लक लागेको छैन । निरन्तर चलचित्र असफल हुँदा उनी निराश छिन् । कतिपय अवस्थामा त उनी, जती काम गर्दा पनि सफल नभएको गुनासो गर्छिन् । वर्षाले यो बर्ष नै काम गरेको चलचित्र ‘वीर विक्रम २’बाट आशा खुबै गरेकी थिइन् । तर, यो चलचित्र पनि चलेन । वर्षा यो चलचित्र नचल्दा निराश थिइन् । उनी, नयाँ चलचित्र साइन गर्नका लागि हतारिएकी थिइनन् ।

उनै, वर्षाले अब नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । उनले, शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा काम गर्ने पक्का भएको हो । वर्षा अहिले चलचित्र ‘वीर विक्रम २’को शोका लागि जापानमा छिन् । यसैले, पनि उनी चलचित्रको घोषणा कार्यक्रममा भने उपस्थित हुन सकिनन् ।

निरन्तर चलचित्र असफल हुँदा वर्षाले यसपटक हुलमुलकै फिल्ममा भएपनि काम गर्ने सहमती जनाएको हुनुपर्छ । किनकी, उनीपनि करिअरमा हिट चलचित्र दिन चाहन्छिन् । यसैले, उनी कलाकारको ठूलो समुह भएको यो चलचित्रमा काम गर्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?