+
+
Shares

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फूलपाती भित्र्याइँदै गर्दा बिदा सुरु भएकाले काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको लर्को लागेको छ।
  • अछिल्लो दिन र फूलपातीको बिहानै उपत्यका छाड्नेहरू नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुमा लाइनबद्ध छन्।
  • बसका सिट भरिभराउ छन् र खचाखच सवारीसाधन उपत्यकाबाट बाहिरिँदा दशैं मनाउन घर जानेहरूको उत्साह देखिएको छ।

३१ असोज, काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै छ । यसै दिनदेखि बिदा पनि हुने भएकोले घर फिर्ती हुनेहरुको लर्को लागेको छ ।

धेरैको उद्देश्य फूलपातीको दिनसम्म घर पुगिसक्ने हुन्छ । सोही उद्देश्यका साथ कोही अछिल्लो दिन त कोही फूलपातीको बिहानै  काठमाडौं उपत्यका छाडेका छन् ।

खासगरी काठमाडौं उपत्यका आसपासका जिल्लाका नागरिक गत रातिदेखि बिहान घर फर्किन सडक र बसपार्कमा लाइनबद्ध छन् ।

नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुलगायत क्षेत्रमा रातिदेखि बिहानसम्म घर जाने यात्रुको चहलपहल बढेको छ ।

बालबालिका र झिटीगुन्टासहित घर जानेहरूमा दशैंको उल्लास देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर गन्तव्यतर्फ लागेका छन् । बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड छ ।

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् ।

दशैं नजिकिएसँगै बढेको यात्रुको चापले काठमाडौं बाहिरिने नाका व्यस्त बनाएको छ । लामो यात्राको थकान र सवारीसाधनको भीडबीच पनि परिवारसँग चाडपर्व मनाउन घर फर्किनेहरूको उत्साह भने उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?