Comments Add Comment

शिवहरिको आग्रह–‘फिल्मको नराम्रो लेख्न हतार नगरिदिनुहोला’

बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा चलचित्र ‘लक्का जवान’को औपचारिक निर्माण घोषणा गरिएको छ । उक्त चलचित्रलाई कलाकार शिवहरि पौडेलले निर्देशन गर्दैछन् । उनको यो ठूलो पर्दामा डेब्यु निर्देशन हो । किरणले चर्चित हाँस्य सिरियल ‘जीरे खुर्सानी’ निर्देशन गरेका थिए । उनले, आफ्नो अनुभवलाई ठूलो पर्दामा जिम्मेवारीका साथ बहन गर्ने बताए ।

कार्यक्रममा बोल्दै शिवहरिले चलचित्रको नराम्रो पक्षको विषयमा हत्तार गरेर नबोल्न पनि अनुरोध गरे । उनले भने–‘निकै दुःख गरेर चलचित्र निर्माण गरिएको हुन्छ । पहिलो दिनदेखि नै यो चलचित्र झुर, यो चलचित्र हेर्न लायक छैन भन्ने प्रतिक्रिया आइरहेको हुन्छ । जसले गर्दा उक्त चलचित्रलाई मात्र होइन, सिंगो चलचित्र क्षेत्रलाई असर गर्छ । त्यसैले नकारात्मक प्रतिक्रियाया दिन हत्तारो नगर्दिनु हुन अनुरोध गर्दछु ।’

उनले चलचित्रमा केही कमजोरी भए आफूलाई भन्न आग्रह गरेका छन् । उनले अगाडि थपे–‘यदि चलचित्रमा कमजोरी भएको छ भने हामीलाई भन्नुहोला ।’ चलचित्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिएको पनि उनको भनाई थियो । ‘चलचित्र बन्नाले कतिपय विदेश जानबाट रोकिएका छन्’, उनले थपे, ‘त्यसैले नराम्रो कुरा लेख्नु अघि केही सोचिदिनु होला ।’ उनको यो आग्रह समिक्षकहरुप्रति थियो ।

चलचित्र रिलिज भएको केही समय पछाडि भने चलचित्रको बारेमा यथार्थ कुरा लेख्दा कुनै फरक नपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment