+
+

‘लक्का जवान’ बन्दै किरण र दिलिप

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १५:४७

चलचित्र ‘लक्का जवान’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्दैछन् ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा बन्ने चलचित्रमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रुपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् ।

कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहनेछ । भदौ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो चलचित्रले चैत ७ गतेलाई आफ्नो रिलिज मिति समेत पक्का गरेको छ ।

चलचित्र ‘लक्का जवान’ले केही पाका उमेरका मानिसहरुको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?