Comments Add Comment

केएल बुढाथोकीको ‘बनाऔं नयाँ जीवन संस्कृति’ (भिडियो)

१६ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले सन्देशमूल तीज गीत ल्याएका छन् ।

‘बनाऔं नयाँ जीवन संस्कृति’ बोलको तीज गीत उनले गत मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरेका हुन् । छोटो समयमै गीत निकै लोकप्रिय बनेको छ ।

पहल नेपालको प्रस्तुति रहेको यस गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सदभाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । चलचित्र ‘लालसलाम’की नायिका प्रेमा गैरेसहित यस गीतमा प्रेमासँगै रीचा बुढाथोकी र अंजु बस्नेतसहितका कलाकारहरुलेे नृत्य गरेका छन् । पीपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

संचारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको यस गीतका संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ । मोडल एवं नृत्य प्रशिक्षक रीचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब. थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment