Comments Add Comment

पथरीको एनसेल टावरमा आगजनी

Photo Credit : अनलाइनखबर फाइल

१६ साउन, विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका- ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए । उनका अनुसार अगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् ।

तर, उनीहरु प्रतिवन्धित नेत्र विक्रम विप्लव समूहका कार्यकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment