Comments Add Comment

नेइमारबारे निर्णय गर्न बार्सिलोनालाई एक साताको म्याद

१६ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएफसी)ले नेइमारलाई अनुबन्ध गर्नबारे निर्णय लिन एक साताको म्याद दिएको छ ।

फ्रान्सको लिग वान १० अगष्टबाट सुरु हुनेछ । पीएसजीले त्यसको दुई दिनअघिसम्म बार्सिलोनाले नेइमारलाई किन्ने नकिन्ने निर्णय गरोस् भन्ने चाहेको स्पोर्ट्सले जनाएको छ ।

फ्रान्सेली च्याम्पियन पीएसजीसँग नेइमारको सम्झौता सन् २०२२ सम्म छ । तर ब्रालिलियन फुटबलर नेइमार क्लब छोड्न चाहन्छन् ।

उनलाई भित्र्याउन पूर्व क्लब बार्सिलोना पनि तयार छ । तर पीएसजीलाई कुनै प्रस्ताव राखेको छैन । समाचारहरुमा जनाएअनुसार बार्सिलोना नेइमारको ‘बाइआउट क्लज’ को ३०० मिलियन पाउण्ड एकै पटक तिर्न तयार छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment