+
+

गायक सुशान्त केसी सोमर्स्वीको ब्रान्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते २१:०९

१६ साउन, काठमाडौं ।  सोमर्स्वी एप्पल साइडरले गायक सुशान्त केसीलाई ब्रान्ड एम्बेष्डर बनाएको छ।

उनलाई आजबाट लागु हुने गरी १ वर्षका लागि ब्रान्ड एम्बेष्डर बनाइएको गोर्खा ब्रुअरीले जनाएको छ।

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले ‘हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । यो फ्रेन्डसीप महिनामा हाम्रा युवा उपभोक्ताहरुले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमस्र्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छ।’

‘म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु सुशान्तले भने।

सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान “सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल ” उपभोक्तामाँझ सार्वजनिक गरेको छ ।

यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ ।

साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौँ, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् । सोमस्र्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो । गोर्खा ब्रुअरी प्रालिले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?