Comments Add Comment

‘बिहेअघि निश्चल मेरो क्रस’: स्वस्तिमा

‘म वास्तविक मिडिया फिल्टर गर्दैछु’

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘हजार जुनी सम्म’ रिलिजको तयारीमा छ । साउनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर स्वस्तिमा उत्साहित छिन् । स्वस्तिमा पछिल्लो समयमा ‘कलाकारको पारिश्रमिकको बिषयमा दिएको अभिव्यक्ति र युटुबरलाई पत्रकार मान्दिनँ’ भन्ने अभिव्यक्तिका कारण चर्चामा छिन् ।

म फिल्टर गर्दैछु
अनलाइनखबरसँगको कुराकानीमा नायिका खड्काले आफू अहिले वास्तविक मिडिया र फेक मिडियाको फिल्टरमा लागेको खुलाइन् । स्वस्तिमाले भनिन्–‘हो, मैले पनि चलचित्र क्षेत्रमा आएसँगै धेरै युटुबमा अन्र्तवार्ता दिएकी छु । तर, अहिले हामी कुन वास्तविक र कुन फेक मिडिया हो भन्ने छुट्याउने क्रममा छौ । अरु कलाकारले के गर्नुहुन्छ थाहा भएन, तर अब म भने फिल्टर गर्छु ।’

स्वस्तिमाले आफूले युटुब मिडियालाई पत्रकारिताको क्षेत्रमा नराख्ने भनेर नबोलेको पनि स्पष्ट पारिन् । उनले भनिन्–‘हो, यहाँ धेरै युटुबर हुनुहुन्छ । यसमा, निकै कम मात्र वास्तविक हुनुहुन्छ । यी बाहेक धेरै युटुब च्यानल फेक छन् ।’

स्वस्तिमाले आफ्नो सकारात्मक मात्र लेख्ने मिडियासँग कुराकानी गर्ने नभनेको बताउँदै भनिन्–‘कसैले राम्रो लेख्छ भनेर मात्र उसँग कुरा गर्ने भन्ने होइन । तर, भनेको कुरालाई सही तरिकाले प्रस्तुत गर्ने मिडिया छुट्याउन जान्नुपर्छ ।’
युटुब च्यानललाई भाइरल बनाउनका लागि सेलिब्रिटीको पनि ठूलो हात रहेको उनको भनाई छ ।

निश्चलसँग क्रस
कुराकानीकै क्रममा नायिका स्वस्तिमा खड्काले निर्देशक निश्चल बस्नेत आफ्नो ‘क्रस’ भएको खुलाइन् । उनले भनिन्–‘मैले आजसम्म भनेको छैन । हो, निश्चलजी मेरो क्रस हुनुहुन्थ्यो । म चलचित्र क्षेत्रमा आएसँगै उहाँप्रति आकर्षित थिएँ ।’ स्वस्तिमाका अनुसार, निश्चल बस्नेतको काम गराई, बोल्ने तरिकाले उनलाई आकर्षित गथ्र्यो । यसैले पनि निश्चलसँग उनी आकर्षित भने थिइन् ।

निश्चलसँग बिहे अघि केही समय प्रेममा रहेको खुलाउँदै स्वस्तिमाले तस्वीर भने कहिले पनि सार्वजनिक नगरेको खुलाइन् । सेलिब्रिटी भैसकेपछि गोप्यता कायम गर्न सक्नुपर्ने उनको भनाई थियो ।

स्वस्तिमाले अगाडि भनिन्–‘मलाई जहिले पनि आफ्नो उमेर भन्दा केही बढी उमेर भएको पुरुषसँग कुराकानी गर्न मन लाग्थ्यो । किनभने, उनीहरुबाट केही कुरा सिकिन्छ भन्ने मलाई लाग्थ्यो । निश्चलजीलाई हेर्दा मैले यस्तै महशुश गर्थेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment