+
+
Shares

निमोनियाले भोजपुरमा वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते ९:११
Photo Credit : निमोनियाका कारण ज्यान गुमाएका पौवादुङ्मा गाउँपालिका–१, भोजपुरका अध्यक्ष रुद्रबहादुर पाण्डे ।

१९ साउन, भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनियापछि पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही उनको मृत्यु भएको पौवादुङ्मा गाउँपालिकाले जनाएको छ ।

पाण्डे गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए ।

गाउँपालिका प्रमुख किरण राईले पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै यसबाट अपुरणीय क्षति भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?