Comments Add Comment

कस्तो छ सोनाक्षीको खान्दानी शफाखाना ?

बलिउडको नयाँ फिल्म ‘खान्दानी सफाखाना’ को प्रदर्शन अगष्ट २ अर्थात आज शुक्रवारदेखि प्रारम्भ भएको छ । शिल्पी दासगुप्ताद्वारा निर्देशित यो फिल्ममा सोनाक्षी सिन्हा, बादशाह, कुलभूषण खरबन्दा, वरुण शर्मा, अन्नू कपूर आदि कलाकारहरुले अभिनय गरेका छन् ।

पछिल्लो समय बलिउडमा समाज तथा व्यक्तिसंग सम्बन्धित स-साना समस्याहरुमा आधारित सुन्दर फिल्महरु निर्मा हुने क्रम प्रारम्भ भएको छ । विकी डोनर शीर्षकको फिल्मबाट प्रारम्भ भएको यो क्रम ‘शुभ मंगल सावधान’ सम्म देखियो । वीर्यदानमा आधारित फिल्म विकी डोनर तथा नपुंशकतामा आधारित फिल्म ‘शुभ मंगल सावधान’ जस्ता फिल्महरु निमर्ँण भए, जसमा हास्दै-खेल्दै ती समस्याहरुलाई उजागर गर्ने प्रयास गरियो ।

शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘खानदानी शफाखाना’ ले पनि त्यही क्रमलाई अघि बढाएको छ, तर महिलाको दृष्टिकोणबाट ।

बेबी बेदी -सोनाक्षी सिन्हा) आमा र भाइसंग दिल्लीमा बसोबास गर्छिन् । निम्न मध्यमवर्गीय उक्त परिवारमा केवल बेबी मात्र आम्दानीको स्रोत हुन् । उक्त परिवारका जीवन निकै गाह्रोगरी चलिरहेको छ । त्यहीक्रममा बेबीले आफ्ना मामाको सम्पत्ति फेला पार्छिन् । जसमा के शर्त राखिन्छ भने बेबीले ६ महिनासम्म खानखानी शफाखाना चलाउनु पर्नेछ, जसमा यौन (सेक्स) सँग सम्बन्धित बिरामीहरुको यूनानी तरिकाले उपचार गरिन्छ ।

त्यसपछि प्रारम्भ हुन्छ बेबीको संघर्ष । युवती उपचार गर्ने व्यक्तिसंग यौनसंग सम्बन्धित कुनै पनि समस्यामा कुरा गर्न चाहान्नन् । यसका साथै समाजले पनि उनका लागि समस्याहरु पैदा गरिरहन्छ । समाजमा अहिले पनि यौनका बारेमा खुलेर कुराकानी नहुने भएकाले यो विषय निकै जटिल मानिन्छ । फिल्मको मुख्य कथाले पनि त्यही कुरा वर्णन गर्छ ।

यद्यपि, जो जटिल विषयमा जुन प्रकारको रिसर्च र ट्रीटमेन्टको आवश्यकता थियो, त्यसको अभाव यो फिल्ममा स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ । महिला निर्देश्ाक शिल्पी दासगुप्ताको मनमा के कुराको दुविधा देखिन्छ भने उनी एउटा व्यवसायिक फिल्म बनाइरहेकी छिन् कि विकी डोनर अथवा शुभ मंगल सावधानजस्ता यथार्थपरक फिल्म बनाइरहेकी छिन् । उनको त्यही दुविधा नै फिल्ममा छर्लङ्ग देखिन्छ । उक्त मुद्दामा कमेडी फिल्म बनाउँदा जुन गम्भीरताको आवश्यकता पर्दथ्यो, त्यही कुरालाई फिल्ममा पुरै बेवास्ता गरिएको छ ।

अभिनयको कुरा गर्ने हो भने सोनाक्षी सिन्हाको चरित्र दिल्ली ६ की एक पञ्जाबी युवतीको हो । निर्देशकले सोनाक्षीलाई सम्झाउन नसकेकी हुन् अथवा सोनाक्षीले उक्त चरित्रलाई बुझन् नसकेकी हुन्, उनी कुनै पनि दृष्टिकोणबाट दिल्ली ६ की युवती देखिन्नन् । बादशाह निकै उत्कृष्ट र्‍यापर हुन्, तर अभिनय उनको क्ष्ँमताको कुरा होइन ।

आगामी दिनमा उनी गीत-संगीतमै केन्दि्रत हुँदा राम्रो हुन्छ । कुलभूषण खरबन्दा तथा अनू कपूर जब-जब पर्दामा आउँछन्, आफ्नो सशक्त उपस्थिति दर्शाउँछन् । घनश्याम गर्गले पनि उत्कृष्ट अभिनय गरेका छन् । वरुण शर्माको अभिनय पनि राम्रो छ ।

समग्रमा खानदानी शफाखान एउटा औषत फिल्म बनेको छ, जसका लागि समय र पैसाको खर्च सोच-विचार गरेर लगाउँदा नै राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment