Comments Add Comment

दरवारमार्गमा खुल्यो दाविलो रेष्टुरेन्ट, एक वर्षभित्र दुइ आउटलेट खोल्ने तयारी

१९ साउन, काठमाडौं । दरबारमार्गमा सञ्चालन हुँदै आएको द एम्पायर रेष्टुरेन्ट र हस्पिटालिटि व्रिज प्रालिको संयुक्त लगानीमा ‘दाविलो रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । यसअघि द एम्पायर रहेको स्थानमा नयाँ रेष्टुरेन्ट दाविलो सञ्चालनमा आएको हो ।

दाविलो रेष्टुरेन्टले नेपाली मौलिक खानाका साथै विभिन्न प्रकारका विदेशी तथा स्वदेशी परिकार उपलब्ध गराउने कम्पनीले छ । दाविलोले नेपाली खानालाई पर्यटन वर्ष २०२० मार्पmत संसारभर चिनाउने योजना बनाएको जानकारी दिएको छ ।

रेष्टुरेन्टले एक वर्ष भित्र कम्तीमा दुई ओटा आउटलेट पनि स्थापना गर्ने योजना रहेको हस्पीटालिटी ब्रीजका अध्यक्ष अनुप शर्माले बताए । रेष्टुरेन्ट स्थापनामा ३ करोड रुपैयाँ लगानी गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment