+
+
Shares

एनआरएनए एशिया प्यासिफिक संयोजकमा पारसमणिको उम्मेद्धारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १२:३२

जापान । आगामी अक्टुवरमा हुने एनआरएनएको अधिवेशन नजिकिएसँगै नयाँ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

यसै क्रममा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उप-संयोजक पारसमणि पोखरेलले संयोजकमा उमेदवारी दिने घोषणा गरेका छन् ।

पोखरेल सन् २००४ मा रोटरी फाउन्डेसनको रोटरी एम्बासोडोरिअल छात्रवृत्ति  पाएपछि जापान आएका हुन् । टोक्योको  इन्टरनेस्नल क्रिस्चियन युनिभर्सिटीमा आफ्नो अध्ययन पूरा गरी व्यवसायमा प्रवेश गरेका उनी जापानको नागोयामा सामिका ग्रुपका अध्यक्ष हुन् ।

एनआरएन अभियानमा शुरूवती दिनदेखिनै सक्रिय पोखरेल एनआरएनए जापानको पहिलो क्षेत्रीय समिति नागोयामा संस्थापक संयोजक हुँदै हाल एशिया प्यासेफिक उपसंयोजक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?