Comments Add Comment

पार्टनरलाई खुसी बनाउने काइदा

दुई अञ्जान युवा-युवती जब विवाह बन्धनमा बाँधिन्छन्, उनीहरुबीचको सम्बन्ध अन्य सम्बन्धभन्दा नजिक र महत्वपुर्ण हुन्छ । विवाह भएको केही समय त यो सम्बन्धमा केवल माया र प्रेम मात्र हुन्छ, तर समय बित्दै जजाँदा बिस्तारै यो सम्बन्धमा मनमुटावले पनि स्थान लिन थाल्छ ।

हुन त एउटी श्रीमतीले आफ्नो श्रीमान् सधै रोमान्टिक होस् भन्ने चाहान्छिन् । तर,  जीवनभरको साथ हो भन्ने सोचाईले नै कहिलेकाहीँ श्रीमान्-श्रीमतीलाई एक-अर्काप्रति गैरजिम्मेवार बनाइदिन्छ । त्यसमा पनि यदि श्रीमान् अन्तर्मुखी स्वभावका छन् भने त स्थिति झन बिग्रन्छ  । श्रीमान्-श्रीमतीको सम्बन्ध जति गहिरो हुन्छ, त्यति नै एक-अर्कासँग ठाकठुक पनि परिरहन्छ ।

प्रायः मान्छेको व्यवहारमा विभिन्न रुप देखिन्छ । जस्तै आक्रमक, दयालू, नम्र, कठोर, शान्त, रमाइलो, रोमान्टिक अथवा उदास आदि । निरास एवं उदास कसरी मायालु र रोमान्टिक बनाउने ?

-विहानीको शुरुआत पार्टनरलाई मायाले भरिएको चुम्बन दिएर अथवा मायाका दुई शब्दका साथ गर्नुहोस् । यसले तपाईको पार्टनरको दिन खुशीले बित्छ । दिनभर उनमा त्यो खुशी यथावत नै रहन्छ । तपाईलाई मात्र हैन तपाईको पार्टनरलाई पनि तपाईसँग कहिले भेटौं जस्तो महसुस हुन्छ ।

-पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनु पर्छ । यसका साथै पार्टनरलाई मन पर्ने पहिरन लगाउनु पर्छ । यसबाहेक कहिले काहीँ क्यान्डल लाइट डिनरको कार्यक्रम बनाउनु पर्छ । यसो गर्दा तपाईं एक-अर्कालाई अझ नजिक हुन सहयोग पुग्छ ।

-पार्टनरलाई प्रेमी बनाउने सबैभन्दा राम्रो उपाय भनेको सरप्राइज गिफ्ट दिनु हो । तपाईको पार्टनरलाई कुनै कुराको अति नै आवश्यक परेको छ, तर विभिन्न कारणले गर्दा उनले त्यो सामान किन्न सकिरहेका छैनन् र तपाईलाई त्यो सामान बारेमा थाहा छ । यस्तो स्थितिमा तपाईले पार्टनरको आवश्यक सामान गिफ्टको रुपमा दिनु भयो भने तपाईको पार्टनरमा खुशीको सिमाना रहँदैन, साथै तपाईर्प्रतिको प्रेम झन् प्रगाढ बन्छ ।

-श्रीमान्- श्रीमतीको अति नै गोप्य र विशेष स्थान भनेको सुत्ने कोठा अर्थात बेडरुम नै हो । जसलाई तपाइर्ंले रोमान्टिक तरिकाले सजाउनु आवश्यक छ । पार्टनरलाई मन पर्ने बेडशीट ओछ्याउने, सुगन्धित रुम फ्रेसनर, रोमान्टिक म्युजिक तथा तपाईको कामूक अनि स्टाइलिस नाइटी (नाइट डे्रस) ले सम्पुर्ण बातावरणलाई नै रोमान्टिक बनाइदिन्छ । यस्तो वातावरणले तपाईको श्रीमान् पनि रोमान्टिक हुन बाध्य हुन्छन् ।

-कहिलेकाहि तपाईंले पार्टनरलाई गर्ने मसाजले पनि रामबाणको काम गर्छ । तपाईंको नरम हातको स्पर्शले पनि तपाईको पार्टनरको मनमा प्रेम उत्पन्न हुन थाल्छ । मसाज श्रीमातीले मात्र गरिदिनु पर्छ भन्ने छैन, श्रीमानले पनि श्रीमतीलाई मसाज गर्न सक्छन् । तपाईहरुले एक-अर्कालाई हल्का र नरम हातले गरेको मसाजले आनन्दको महसुस गराउँछ ।

-यौन क्रिया गर्दा कहिले काहीँ फरक तरिकाहरु पनि अपनाउनु पर्छ । फरक तरिकाको यौन क्रियाले तपाईंलाई नयाँ अनुभव गराउँछ । बेडरुम बाहेक घरका अन्य स्थानमा पनि यौनक्रिया गर्न सक्नु हुन्छ, जसले तपाईको यौनजीवनलाई रमाईलो बनाइदिन्छ ।

-श्रीमान अफिस जानु र अफिसबाट आएपछि मायालु नजरले हेर्ने अथवा अगांलो मार्नु पर्छ । उनको थकान कम गर्न मिठो चिया बनाउने अथवा चिसो पिउन दिनु पर्छ । श्रीमान् अफिसबाट आउनासाथ आफ्नो कुरा सुनाउनु भन्दा श्रीमान्को कुरा ध्यान दिएर सुन्नु पर्छ । यसो गर्दा उनको थकान कम हुने मात्र होइन, तपाईंप्रति प्रेम उत्पन्न हुन थाल्छ ।

-यसैगरी श्रीमानले पनि श्रीमतीलाई प्रेमिल अंगालोमा बाँध्नुपर्छ । श्रीमतीका लागि मनपर्ने केही परिकार ल्याउन सकिन्छ ।

-छुट्टकिो समय धेरै एक-अर्काको साथ बिताउनुहोस् । कहिले काहीँ क्यान्डल लाइट डिनर गर्नुहोस्, कहिले रोमान्टिक गीत सुन्दै लामो यात्रा गर्नुहोस् । त्यस्तै कहिलेकाहीँ सँगै फिल्म हेर्न जानुहोस् । यसरी छुट्टकिो समय संगै बिताउँदा एक-अर्कालाई अझ बुझ्ने मौका प्राप्त हुन्छ भने हप्ता भरिको कामको थकान पनि मेटिन्छ ।

-पहिलो जस्तो दोस्रो हनिमूनमा पनि जानु आवश्यक छ । प्रायः दम्पती विवाहको शुरुआती दिनहरुमा मात्र धेरै घुम्न जाने गर्छन् । जुन गलत हो । पछि पनि समय मिल्नासाथ घुम्न जानु पर्छ । मिल्यो भने दोस्रो हनिमुनमा पनि जानु पर्छ, जसले पहिलेको सम्झनालाई ताजा बनाइदिन्छ । यसो गर्दा तपाईंको जीवनमा फेरी एकपटक उस्तै जोस् आउँछ ।

-कहिले फोनमा त कहिले सानो नोट लेखेर, कहिले सबैको बीचमा इशाराले आई लभ यू भन्नु पर्छ । आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्शाउनु पर्छ । तपाईंका त्यस्ता क्रियाकलापले तपाईका पार्टनर पक्कै पनि तपाईको प्रेम गहिराईमा डुब्दै जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment