+
+
Shares

घरेलुका अधिकृत र मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १२:२२

२० साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका एक अधिकृतसँगै मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा र खरिदारलाई अख्तियारले घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको विशेष टोलीले आइतबार ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

उद्योग दर्ताका लागि आवश्यक पर्ने आईईई प्रतिवेदन स्वीकृतिका नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित कार्यालय परिसरबाटै अमात्यलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घुससहित समातिएका अमात्यमाथि अहिले अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, मालपोत कार्यालय, टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई पनि अख्तियारको विशेष टोलीले आइतबार नै घुससहित रंगेहात पक्रेको छ ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकाकाका सेवाग्राहीको हराएको लालपुर्जा वितरणका लागि लिएको ८ हजार घुस सहित कुँबर र खरिदार पाण्डेलाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?