Comments Add Comment

मिस गुरुङ इन्टरनेशनल सिजन-३ छनौट चरण

सौन्दर्य प्रतियोगिताको लहड चलेको छ । यसको फैलावट क्षेत्र, पेशा हुँदै समुदायसम्म पुगेको छ । मिस पूर्वाञ्चल (क्षेत्र), मिस एयरहोस्टेज (पेशा), मिस गुरुङ (समुदाय) यसका उदाहरण हुन् । आ-आफ्ना क्षेत्रमा रहेका बौद्धिक सुन्दरीहरु उजागर गर्न यसले कति सहयोग गरेको छ ? लेखाजोखा भइरहेकै होलान् ।

अहिलेको प्रसंग भने मिस गुरुङ इन्टरनेशनलको हो । गुरुङ सुन्दरीहरुको खोजी गर्ने यो कार्यक्रम तेस्रो संस्करणमा पुगेको छ । अहिले तेस्रो संस्करण अन्र्तगत प्रारम्भिक छनौट चरण सम्पन्न भइसकेको छ । यो प्रतियोगिता मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले गर्दै आएको छ ।

यसपाली छनौट चरणमा इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धिरुले सहभागिता जनाएका छन् ।

भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरण बाट देशैभरिबाट गरि जम्मा ४० योग्य प्रतियोगिलाई अवसर प्रदान गरिने छ । छनोट भएका ४० प्रतियोगिलाई १ महिना सम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासंग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन् । मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन् ।

५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबारको पुरस्कार व्यवस्था गरिएको आयोजक ले जानकारी दिए । मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ ।  भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि.एण्ड.बि कि बिधा भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment