Comments Add Comment

सेयर बजारमा साढे ४ अंकको गिरावट

२० साउन, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा ४.५५ अंकको गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४.५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ अंकमा झरेको छ ।

सोमबार कारोबार रकम भने ४३ करोड रुपैयाँ माथि भएको छ । दिनभर भएका ७ हजार १ सय ९४ कारोबारबाट १६७ कम्पनीका १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँ पुगृेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यो बैंकको २ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार अधिकांश उपसमूहरु राताम्मे देखिएका छन् । निर्जिवन बीमा समूह ३ दशमलव ४९ अंकले उकालो लागेको छ भने म्यूचुअल फण्ड ०.११ अंकले बढेको छ । बाँकी सबै उपसमूहहरु घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment