Comments Add Comment

सडक कार्यालयका कम्प्युटर अपरेटर १ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ

२० साउन, पोखरा । सडक डिभिजन कार्यालय दमौलीबबाट घुस लिने जना पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो ।

कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका थिए । सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको थियो,’ अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले भने, ‘उनीहरुलाई परिसरबाटै पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment