Comments Add Comment

कञ्चनपुरमा भारी वर्षा, महाकाली किनारका बासिन्दालाई सतर्क रहन अनुरोध

२१ साउन, कञ्चनपुर । कञ्चनपुर र आसपासका जिल्लाका अधिकांश स्थानमा भारी वर्षा भइरहेकाले जोखिम बढेको छ । कञ्चनपुरको महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

भारी वर्षासँगै महाकाली नदी पारीगाउँ, डडेलधुरा बाढी मापन केन्द्रमा बहाब बढ्दो छ । सतर्कता तहभन्दा तलै भए पनि बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ ।


अविरल वर्षासँगै झरेको पहिरोका कारण महाकाली लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर गाडी चल्न नसकेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मले जनाएको छ ।

यस्तै बैतडी जिल्लामा पर्ने बंगाबगड क्षेत्रमा पनि पहिरो खस्दा दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी लगायतका स्थानमा आवात-जावत गर्ने सवारी साधनहहरु चल्न सकेका छैनन् ।

यसैबीच दार्चुलाको महाकाली नगरपालिका बडाली गाउँभन्दा तल पहिरो खस्ने क्रम जारी रहेकाले १३ घर धुरी जोखिममा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाले जनाएको छ ।

पहिरोका कारण घरहरु जोखिममा परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका डिएसपी डम्बर बहादुर विष्ट नेतृत्वको २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रबिन्द्र कठायत नेतृत्वको टोली उद्धारका लागि खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment