Comments Add Comment

जम्मु कश्मिरमा जनमत संग्रह हुनुपर्छ : मसाल

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले जम्मु कश्मिरलाई केन्द्रशासित राज्य बनाउने भारत सरकारको निर्णयको विरोध गरेको छ । संविधान विपरीत गएर भारतले जम्शु कश्मिरबारे आफैले गरेको सम्झौता विपरीत यो निर्णय आएको मसालको ठहर्छ ।

भारतको माथिल्लो सदन राज्यसभाबाट पारित जम्मु कश्मिर पुनर्गठन बिल २०१९ पारित भएको भोलिपल्ट विज्ञप्ति जारी मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतको जम्मु कश्मीर नीति असफल भएको उल्लेख गरेका छन् ।

महामन्त्री सिंहले जम्मु कश्मिरका जनताले आत्मनिर्णयको अधिकार प्रयोग गर्न नपाएको उल्लेख गरेका छन् । ‘भारत, पाकिस्तान र संयुक्तः राष्ट्र संघका बीच भएको त्रिपक्षीय सम्झौताअनुसार जम्मु कश्मिरका जनतालाई जनमत संग्रहद्वारा भारतमा वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्दथ्यो ।’

यो पनि पढ्नुहोस जम्मू कश्मीर : अनुच्छेद ३७० खारेजसँगै केके परिवर्तन भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment