+
+
Shares

धनगढी विस्फोटमा घाइते विप्लव कार्यकर्ता डिस्चार्ज भएलगत्तै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १२:११

२१ साउन, धनगढी । धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

स्वास्थ्यलाभपश्चात सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?