+
+

जुम्लाका सांसदले मन्त्री पुन र कुलमान घिसिङलाई भने श्री ३ महाराज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १४:५१

२१ साउन, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको भन्दै आक्रोश पोखे ।

जुम्ला सदरमुकाम अहिले अन्धकार रहेको भन्दै सांसद महतले भने ‘यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो हामीले यति फोन गर्‍यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’

उनीहरुले फोन पनि नउठाएको र भेट्न समय पनि नदिएको महतले बताए । ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने’ उनले सोधे ‘के विद्युत प्राधिकरण छैन नेपालमा, जुम्ला जिल्ला भन्ने छैन ?’

जुम्लामा अहिले मोवाइल फोन चलाउन पनि समस्या भएको सांसद महतले बताए । ‘हामीले यति प्रगति ग¥यौं भनेर यिनीहरु कुर्लेको कुर्ल्यैं छन् । इन्डियालाई बत्ती बेच्छौं भन्दैछन्’ उनले भने ‘कृपया जुम्लालाई बेचिदिनिुस्, तपाईहरुसँग कति विजुली छ, हामीलाई बेचिदिनुस् ।’

जुम्लामा विजुली समस्याको समाधानका लागि अहिले डिजेल प्लान्ट राख्न लागेको भन्दै उनले जुम्लाको समस्या हेरिदिन मन्त्री पुन र कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरे । उनले अन्तिममा भने ‘यिनीहरुले जहाँबाट कमिसन आउँछ त्यहीँमात्र विजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ, आज विश्वास लागेको छ ।’

सांसद महतका अनुसार २०३८ सालमा स्थापना गरिएको २ सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रेपछि जुम्ला अहिले अन्धकार छ । उक्त आयोजना सञ्चालनमा आउन अझै ३÷४ महिना लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?