+
+
Shares

अब पाकिस्तान अधिनस्थ कश्मिरलाई भारतमा मिलाउनु पर्छ : भारतीय मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १६:४३

२१ साउन, काठमाडौं । नरेन्द्र मोदी सरकारका एकजना मन्त्रीले अब पाकिस्तान अधिनस्थ  कश्मिरलाई भारतले लिनु पर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

जम्मु कश्मिरसम्बन्धी पछिल्लो घट्नाक्रमबारे काँग्रेस सांसदलाई जवाफ दिँदै कार्मिक मन्त्री डा. जितेन्द्र सिंहले भने, ‘अबको काम पाकिस्तान अधिनस्थ कश्मिरलाई भारतमा मिलाउनु हो ।’

मंगलबार लोकसभा बैठकमा बोल्दै मन्त्री सिंहले भारतीय संविधानको अनुच्छेद ३७० स्वतन्त्र भारत बनेपछिको सबैभन्दा ठूलो गल्ति भएको बताए । जम्मु कश्मिर पुनर्गठन बिल २०१९ को पक्षमा मतदान गर्ने सबैले भविष्यसम्म गर्व महशुस गर्ने बताए ।

जम्मु कश्मिरलाई भारतीय संविधानले दिँदै आएको विशेषाधिकार खारेज गर्ने बिलमा राज्यसभामा मतदान हुँदा पक्षमा १२५ र विपक्षमा ६१ ज्नाले मत दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?