
यसपाली माया पिरतीको भाकामा सरोज अधिकारी र स्मीता दाहालले जोडी बाँधेका छन् । गीतको बोल छ, मायालु तिमी कता छौं । कार्टुन्ज क्रुको यो भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।
चर्चित नृत्य समूह कार्टुन क्रुका मूख्य सदस्य हुन्, सरोज अधिकारी । स्मीता दहाल भने पुष्पकमल दहालकी नातिनी हुन् । सानै उमेरदेखि गायनमा होमिएकी स्मीता पछिल्लो समय गीत संगीतमा अरु सक्रिय भएकी छिन् ।
गीतमा स्मीता र राजनराज सिवाकोटीले स्वर दिएका छन् । राजनराजकै संगीत रहेको गीतलाई दिनेश थपलियाले लेखेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् ।
गीतलाई कृतिम सेटमा छायांकन गरिएको छ । वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाईएको छ । म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।
प्रतिक्रिया 4