+
+
Shares

जुम्लामा विद्युत् पुर्‍याउन ठेक्का सम्झौता भइसकेको छ : कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १८:४०

२१ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताएका छन् ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले मंगलबार सं‌‌सद बैठकमा विद्युत समस्याको विषयमा कुराकानी गर्न फोन गर्दा नउठाएको र भेट्न समय पनि नदिएको आरोप लगाएपछि कुलमानले जुम्लामा विद्युत पुर्‍याउन काम भइरहेको बताएका हुन् ।

‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नुभएको रहेछ, म बैठकमा थिएँ । पछि कल व्याक गर्छु भन्दाभन्दै बिर्सिएछु । जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ,’ उनले भने ।

जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको उल्लेख गर्दै घिसिङले सुर्खेतबाट ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन लैजान गत जेठमै ठेक्का सम्झौता गरी ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको जानकारी दिए । डेढ वर्षभित्रमा ग्रिड पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उनले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायीरुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?