+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

प्रदेश ३ का बाढी पहिरोबाट विस्थापित परिवारले १ लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १८:४२

२१ साउन, हेटौंडा । प्रदेश ३ को विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवानलगायतका घटनाबाट विस्थापित परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष एवम् प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो, डुवान लगायतको घटनामा परी खाद्यान्न, लत्ताकपडालगायत घर पूर्ण रुपमा नष्ट भएका वा पूर्ण नष्ट नभए तापनि संभावित खतराबाट जोगिन अन्यत्र सर्नुपर्ने परिवारले राहत रकम पाउनेछन् । समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी पहिरो डुवानलगायत घटनाबाट अति प्रभावित स्थानीय तहहरु पहिचान गरी ती ठाउँमा खानेपानी, सिञ्चाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण माग गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुनर्निर्माणका लागि अधिकतम ५० लाख रुपैयाँसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?