Comments Add Comment

बीजेपी नाजी पार्टीजस्तै भयो : इमरान खान

२१ साउन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (बीजेपी) हिटलरको नाजी पार्टीजस्तै भएको टिप्पणी गरेका छन् ।

भारत सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित बनाएको भोलिपल्ट प्रधानमन्त्री खानले पाकिस्तानी संसदलाई सम्बोधन गरेका छन् ।

उनले बीजेपी सरकार आफ्नो देशको संविधान, सर्वोच्च र जम्मू कश्मीर उच्च अदालतको फैसला र संयुक्त राष्ट्रसंघको प्रावधानहरुविरुद्ध गएको समेत बताए ।

अब पुलवामा जस्तो आक्रमण हुन सक्ने भन्दै उनले भने, ‘यसका लागि पनि पाकिस्तानलाई दोष दिइनेछ, जबकी यो कश्मीरका जनतालाई दबाएको परिणाम थियो । अब डर छ कि ठूलो संख्यामा मुसलमानको नरसंहार हुनेछ ।’

यदि अवस्था खराब भयो र युद्ध नै भयो भने त्यो पाकिस्तानको पक्ष वा विपक्षमा जानसक्ने उनले बताए । प्रधानमन्त्री खानले भने, ‘हामीसामू दुई विकल्प छ । एक बहादुरशाह जफरको बाटो र अर्को टीपू सुल्तानको बाटो ।’

टीपु सुल्तानले जस्तै अन्तिम थोपा रगत हुँदा लड्ने र यो मुद्दा अन्तराष्ट्रिय मञ्चमा उठाउने उलले बताए ।

उनले जम्मू कश्मीर प्रकरणमा विश्व समुदायले हस्तक्षेप नगरे ढिला हुने समेत बताएका छन् ।

‘म परमाणु युद्धको धम्की दिइरहेको छैन । म साझदारी बनाउने कुरा गरिरहेको छु किनकी अहिले मानवनता नै खतरामा पर्न सक्छ । बीजेपीको रवैया हिटलरको नाजी पार्टी भन्दा लगत छैन’ पाकिस्तानी प्रधानमन्त्री खानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment