Comments Add Comment

२० केजी तौल घटाउन यस्तो छ आमिरको योजना

नायक आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्डा’मा काम गर्दैछन् । यो चलचित्रको छायांकन केही महिनापछि सुरु हुँदैछ । नायक आमिर खान भने अहिले चलचित्रको स्क्रिप्टमा व्यस्त छन् । चलचित्रको स्क्रिप्टमा काम गरिरहेका आमिर खानले यसका लागि छुट्टै मिहिनेत गर्नुपर्नेछ । भारतीय मिडियाका अनुसार, आमिरले चलचित्रका लागि २० केजी तौल घटाउनुपर्नेछ ।

उनले तौल घटाउनका लागि विशेष ट्रेनिङ सेप्टेम्बरबाट सुरु गर्नेछन् । यसका लागि उनको खानेकुराको प्लान समेत गरिएको छ । आमिरले आफ्नो लुकलाई समेत परिवर्तन गर्ने तयारी गरेका छन् । आमिरले तौल घटाउनका लागि रोटी, साग र केही प्रोटिन मात्र लिनेछन् ।
२० केजी तौल घटाउन उनलाई सजिलो भने छैन । आमिरको जन्मदिनमा यो चलचित्रको घोषणा गरिएको थियो । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

यो चलचित्र आमिर खानकै प्रोडक्शनबाट निर्माण हुनेछ । हरेक चलचित्रमा कुनै नै कुनै रुपमा दर्शकलाई सरप्राइज दिदै आएका आमिरले यो चलचित्रबाट केही फरक भूमिका गर्ने अपेक्षा गरिएको छ । यो चलचित्रमा आमिरको साथमा नायिका करिना कपुरले काम गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment