+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

स्प्रेड रेट गणना विधि पुनर्विचार गर्न बैंकर्स संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १४:०३

२२ साउन, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्जामा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर (स्प्रेट रेट) गणना विधिबारे पुनर्विचार गर्न आग्रह गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७२ मार्फत स्प्रेड रेट गणना विधि परिवर्तन गरेको थियो । राष्ट्र बैंकल गरेकोे नयाँ व्यवस्था अनुसार बैंकहरुले विभिन्न सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न पाउदैनन ।

यहि विषयमा छलफल गर्न वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर एशोसिएसन नेपालको बैठक बसेको थियो ।

बैंठकमा अधिकांशजसो वाणिज्य बैंकका सीईओहरु सहभागी थिए भने केहि बैंकका सीईओहरु कार्यव्यवस्थाताका कारण प्रतिनिधि पठाएका थिए ।

बुधबार बसेको एशोसिएसनको बैठकले राष्ट्र बैंक समक्ष उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको उक्त निर्णय फिर्ता नभए बैंकहरुलाई अर्बौ नाफा घट्ने बैंकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?