Comments Add Comment

स्प्रेड रेट गणना विधि पुनर्विचार गर्न बैंकर्स संघको माग

२२ साउन, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्जामा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर (स्प्रेट रेट) गणना विधिबारे पुनर्विचार गर्न आग्रह गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७२ मार्फत स्प्रेड रेट गणना विधि परिवर्तन गरेको थियो । राष्ट्र बैंकल गरेकोे नयाँ व्यवस्था अनुसार बैंकहरुले विभिन्न सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न पाउदैनन ।

यहि विषयमा छलफल गर्न वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर एशोसिएसन नेपालको बैठक बसेको थियो ।

बैंठकमा अधिकांशजसो वाणिज्य बैंकका सीईओहरु सहभागी थिए भने केहि बैंकका सीईओहरु कार्यव्यवस्थाताका कारण प्रतिनिधि पठाएका थिए ।

बुधबार बसेको एशोसिएसनको बैठकले राष्ट्र बैंक समक्ष उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको उक्त निर्णय फिर्ता नभए बैंकहरुलाई अर्बौ नाफा घट्ने बैंकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment