+
+

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बाग्लुङको काँठेखोलामा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १८:१४

२२ साउन, काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बाग्लुङको काँठेखोलामा सुरु भएको छ । काँठेखोला गाउँपालिका-२ मायहीमा १०० ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।

त्यहाँबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यो सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेर दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?