Comments Add Comment

बलात्कारको आरोपमा सियाराम पक्राउ

२२ साउन, जनकपुरधाम । बालिका बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका ६ निवासी ४० बर्षीय सियाराम महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महतोलाई गौशालाबाट पक्राउ गरिएको छ ।

महतोमाथि १२ बर्षीया एक बालिकालाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप छ । पीडित बालिका र महतोबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले मिलेर बालिकालाई दिल्ली पुर्‍याएर बन्धक बनएको परिवारको दाबी छ ।

पीडित बालिकाले असार २२ गते री दिए लगत्तै महतो र बालिकाको आमा फरार भएका थिए ।

महतोलाई सात दिनको म्याद थप गराई अनुसन्धान थालेपछि बालिकाकी आमा पनि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकी छन् । उनीसँग पनि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment