Comments Add Comment

सुनको मूल्य प्रतितोला ७० हजार पुग्यो

२३ साउन, काठमाडौं । सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बिहीबारका लागि तोकेको नयाँ मूल्य नेपाली सुन चाँदी व्यवसायको ईतिहासमै सबै भन्दा उच्च हो ।

अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको छ यस्तै छापावल सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँले बढेर ६९ हजार ७ सय पुगेको छ । चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ । अमेरिका र चीन ब्यापार, अमेरिका इरान बीच बढ्दो तनाब तथा अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौती सुनको बजार प्रभावित पार्ने कारण भएको व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment