+
+
Shares

बुटवलको सिंह कम्प्लेक्स विवाद : घरधनीको पक्षमा अदालतको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १४:५०

२३ बुटवल, साउन । बुटवलको सबैभन्दा ठूलो कम्प्लेक्स सिंह कम्प्लेक्सबिरुद्ध परेको रीट अदालतले खारेज गरेको छ ।

बुटवलको अमरपथस्थित सुरपद्य्मा हाउजिङ प्रालि -सिंह कम्प्लेक्स) बिरुद्ध त्यहिँका केही व्यवसायीहरुले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रीट हालेका थिए ।

स्थानीय सरकार अन्तरगतको न्यायिक समितिको फैसला कार्यान्वय गराई पाउ भनी ब्यवसायीहरुले दिएको रीट न्यायाधीशद्धय हरिप्रसाद पौडेल र राज्य लक्ष्मी बज्राचार्यको संयुक्त इजलासले खारेज गरेको हो ।

सुरपद्यमा हाउजिङ प्रालिले स्थानीय सरकारको क्षेत्राधिकारमा नपर्ने विषयमा निर्णय गरेको भन्दै जिल्ला अदालत रुपन्देहीमा गत चैत्र १५ गते मुद्दा दिएको थियो ।

न्यायिक समितिले सुरपद्यमा हाउजिङ प्रालि संचालकलाई ६० रुपैयाँ स्क्वायर फिट घरभाडा कायम गर्न गराउन गतमाघ २१ गते निर्देशन दिएको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (ज) बमोजिम आन्दोलित ब्यवसायीहरुको वाषिर्क भाडा रकम २५ लाख भन्दा बढी देखिने हुँदा स्थानीय सरकारबाट भएको उक्त निर्णयबिरुद्धको मुद्दासमेत जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

ब्यवसायीहरु जिल्लामा मुद्दा विचाराधीन रहँदा उच्च अदालत तुलसीपुरमा स्थानीय सरकार अन्तरगतको न्यायिक समितिको फैसला कार्यान्वय गराई पाउ भनी मुद्दा दिएका थिए ।

कम्प्लेक्सको पाच तल्ला भवनमा ८४ वटा सटर छन । जसमध्ये २३ जना ब्यवसायीले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा मुद्दा दिएका थिए । तर, त्यसमध्ये ४ जनाले कम्पनीकै भाडादरमा रकम तिर्न मन्जुर भइ मुद्दा फिर्ता लिइसकेका छन् ।

१९ जना ब्यवसायीहरु भने ब्यवसाय छोडेर बिवाद लम्ब्याउँदै ८ महिना लामो आन्दोलनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?