+
+
Shares

सुनसरीमा  ४४ गाई गोरु मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १६:०४

२३ साउन, विराटनगर । सुनसरीको बराह नगरपालिका- ६ र ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा स्थानीयको ४४ वटा गाई गोरु मृत फेला परेका छन् ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सकसहितको टोली खटिईई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?