+
+
Shares

‘रातो टिका निधारमा’को गीतमा अंकितसँग रोमान्टिक साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १६:५४

दशैंमा रिलिज हुन लागेको चलचित्र ‘रातो टीका निधारमा’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मेरो माया हो’ बोलको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक अंकित शर्मालाई फिचरिङ गरिएको छ । भिडियोमा साम्राज्ञी र अंकित रोमान्टिक देखिएको छन् । चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्यभ भूमिका छ ।

अशोक शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा किरण शर्मा र कृती शर्माको लगानी छ । चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । मित्र डी गुरुङको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रलाई पूर्वका विभिन्न रमणिय स्थान र काठमाण्डौमा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?