Comments Add Comment

डिबाला युभेन्टसमै रहने

२३ साउन, काठमाडौं । इटालियन सिरि ए च्याम्पियन क्लब युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने भएको छ ।

बिहीबार दिउँसोसम्म डिबेलालाई युभेन्टस बेच्न चाहन्थे भने इंग्लिस क्लब टोटनह्याम डिबालालाई भित्र्याउन उत्सुक थियो । तर युभेन्टसले एका एक निर्णय परिवर्तन गर्दै डिबालालाई आफ्नै क्लबमा राख्ने भएको छ ।

पछिल्लो समयमा पाउलो डिबालामाथि विशेषगरी इंग्लिस क्लबको नजर थियो । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र टोटनह्याम डिबेलालाई भित्र्याउन चाहन्थे ।

उनको पारिश्रमिक बढी भएको कारण म्यान्चेस्टर युनाइटेड पछि हटेको थियो । तर टोटनह्याम भने उनलाई क्लबमा अनुबन्धित गर्न निकै नजिक पुगेका थिए । तर अन्तिम समयमा आएर युभेन्टस आफै पछि सरेको हो ।

डिबेला सन् २०१५ मा युभेन्टस आएका थिए । उनले क्लबका लागि अन्तिम सिजनमा १० गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment