Comments Add Comment

उत्कृष्ट फवार्डको मनोनयनमा मेस्सी, रोनाल्डो र माने

२३ असार, काठमाडौं । यूईएफए फवार्ड अफ दि सिजनको मनोनयनमा लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोसँगै साडिओ माने परेका छन् ।

यूईएफएले बिहीबार पोजिसनल अवार्डको मनोनयनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । फवार्डमा बार्सिलोनाका मेस्सी, युभेन्टसका रोनाल्डो र लिभरपुलका माने परेका छन् ।

गत सिज लिभरपुल च्याम्पियन बन्दा मानेले १३ खेलमा चार गोल गरेका थिए भने तीन गोल असिस्ट गरेका थिए । लिओनल मेस्सीले १० खेलमा १२ गोल गरेका छन् भने तीन गोलका लागि असिस्ट ।

यस्तै रोनाल्डोले ९ खेल खेले । उनले ६ गोल गरेका थिए भने तीन गोलका लागि असिस्ट गरेका थिए ।

मिडफिल्डरको मनोनयनमा फ्राङकी डी जोङ, क्रिष्टियन इरिकसन र जोर्डन हेन्डरसन छन् भने डिफेण्डरमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, म्याथिज डी लिग्ट र भर्जिल भान डाइक छन् ।

उत्कृष्ट गोलकिपरको मनोनयनमा आलिसन बेकर, हृयुगो लोरिस र टेरेस्टेन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment