Comments Add Comment

दशैं ‘होल्ड’ मात्र गर्ने कि मिति तोक्न हिम्मत पनि गर्ने ?

दशैंको बिदामा चलचित्रले राम्रो व्यापार गर्छ । दर्शकले चलचित्र हेर्न खोज्ने भएकाले पनि यो मितिमा चलचित्र रिलिज गर्न मेकरले पनि तछाडमछाड गर्छन् । तर, चलचित्र चलाउनका लागि एउटा पक्काको मिति तोक्न आवश्यक छ । चलचित्र दशैंमा रिलिज हुन्छ भनेर मिति मात्र होल्ड गरेर बस्ने कि आउने दिन पनि हिम्मत गर्ने ?

गतबर्षको दशैं जस्तै यो बर्ष २ चलचित्र मेकरले यस्तै खेल खेलिरहेका छन् । निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’को प्रदर्शन मिति दशैं मात्र भनेर पहिलो गीत सार्वजनिक गरे । तर, पहिलो गीत सार्वजनिक गर्दा पनि उनले कुन दिनबाट चलचित्र रिलिज हुन्छ भन्न सकेनन् । दशैंको जुन दिन पनि आउन सक्छ भन्ने तर्कसंगत र एउटा राम्रो मेकरले दिने उत्तर होइन ।

दशैंलाई नै होल्ड गरेर घुर्कीको खेल खेलिरहेको अर्को ब्यानर हो, आमा सरस्वती मुभिज । राम्रो मिति होल्ड गरेर यो टिमले पनि चलचित्र रिलिज हुने दिन तोक्न सकेको छैन । भदौ २७ गतेलाई प्रदर्शन मिति भनेर बजारमा हल्ला फिजाइएतापनि असोज ३ गते आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माता र वितरकलाई दिइएको घुर्की मात्र हो भनेर जसले पनि वुझे ।

दिपकराज गिरी र दीपाश्री निरौलाको टिमलाई दर्शकले पत्याइसकेका छन् । यो टिमलाई दर्शकले पत्याएकै कारण त ३ वटा चलचित्रले सर्वाधिक कमाउने चलचित्रको रेकर्ड राखेका छन् । तर, यही टिमलाई दशैं त चाहिएको छ । तर, कुन दिन आउने भनेर अझै मिति तोक्न सकेको छैन । जबकी, चलचित्र बनाउने धेरै मेकरले छायांकन अगावै मिति तोकेर काम गरिरहेका हुन्छन् ।

दशैंको पर्वमा लामो बिदा हुने हुँदा चलचित्रले कमाई गर्छन् । निर्माताले राम्रो चलचित्र बनाएको खण्डमा घाटामा जानु पर्दैन । तर, कसले पहिले रिलिज दिन तोक्ने भनेर दुई मेकर गतबर्ष जस्तै यसबर्ष पनि बसेका छन् । दशैंको प्रदर्शन मिति सधै होल्ड मात्र गर्ने कि, प्रदर्शन दिन तोकेर प्रचारमा जाने हिम्मत पनि गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment