Comments Add Comment

शेन वार्न लण्डन–बेस टीमका मुख्य प्रशिक्षकमा नियुक्त

२४ साउन, काठमाडौं । अष्ट्रेलियाका लेजेण्ड क्रिकेटर शेन वार्न लण्डन बेस टीम लर्ड्स मेन्स टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

क्रिकेटकै इतिहासमा ‘द हन्ड्रेड क्रिकेट लिग’ को लागि उनी लर्ड्सको टीम सम्हाल्न पुगेका हुन् । ४९ वर्षीय शेन वार्न विश्व रेकर्डधारी लेग स्पिनर हुन् । उनले १४५ टेष्ट क्रिकेटमा ७०८ विकेट लिएका छन् ।

त्यस्तै, अष्ट्रेलियाकै पूर्व क्रिकेटर लिसा केइट्ली महिलाको प्रशिक्षकमा नियुक्त भएकी छिन् । योसँगै १०० बलको फ्रेन्चाइज क्रिकेटको महिला प्रशिक्षक हुने उनी पहिलो महिला भएकी छिन् ।

‘द हन्ड्रेड क्रिकेट लिग’ इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले ल्याएको नयाँ अवधारणाको प्रतियोगिता हो । यो क्रिकेटको नयाँ फम्र्याट हो । जहाँ १०० बलको एउटा पारी हुनेछ ।

‘द हन्ड्रेड क्रिकेट लिग’ को ड्राफ्ट आगामी अक्टोबरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment