+
+
Shares

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते ८:०८
Photo Credit : कपिल ज्ञवाली

२६ साउन, घोराही । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । आगो कसले र किन लगाएको हो भन्ने खुल्न नसकेको उनले बताए ।

बंगलाचुली रोल्पा जिल्लासँग सिमाना जोडिएको दाङको पहाडी क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?