+
+
Shares

१ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदै सामसुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते ९:५५

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् ।

बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै रोकिनेवाला छैन । किनकि दक्षिण कोरियाली कम्पनी सामसुङले निकट भविष्यमै १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउन लागेको छ ।

सोमबार अगष्ट १२ का दिन सामसुङले १ सय ८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ ।

सामसुङले ट्वीटरमा एक आधिकारिक पोस्टर अपलोड गर्दै यसको जानकारी गराएको हो ।

गत महिना एउटा खबर आएको थियो, जसअनुसार सामसुङको १०८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सन् २०२० मा लञ्च हुने बताइएको थियो । तर सामसुङले त्यो मितिभन्दा निकै छिटो गरी उक्त स्मार्टफोन ल्याउने भएको हो ।

त्यस्तै हालैको एक रिपोर्टमा दाबी गरिएको थियो कि शाओमीले सबैभन्दा पहिले सामसुङको Icocell सेन्सरको प्रयोग गर्ने छ । शाओमीको उक्त फोनको नाम Mi Mix 4 हुनेछ । यदि उक्त समाचार अनुसार भएमा शाओमीले पनि यही वर्ष १०८ मेगापिक्सेलको फोन ल्याउनेछ । जबकि शाओमीले त्यसअघि नै ६४ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?