News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले जेनजी उमेर समूहका सांसदसँग छलफल गरी स्वदेशमै आफ्नै पुस्ताका लागि रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।
- उनले स्थलगत अध्ययन, अनुसन्धान, सूचना-प्रविधिको उपयोग र समस्या समाधानमुखी व्यवहार अपनाउन सुझाव दिएका छन्।
- जेनजी सांसदहरूले उक्त आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आत्मनिर्भर र स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२ असोज, काठमाडौं । प्रधामन्त्री बालेन शाहले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल गरेका छन्। उनले जेनजी सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे।
उनले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसका लागि उनले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना-प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए।
साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यवसायिक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरे।
अन्तर्क्रियामा सहभागी सांसदहरुले प्रधानमन्त्रीको उक्त आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
प्रतिक्रिया 4