News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै नेकपाका रमा आलेमगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको छ।
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौंडामा आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।
- मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आलेमगरलाई मन्त्री पदमा नियुक्त गरेका थिए, र उनी काठमाडौँ १० प्रदेशसभा (२) बाट निर्वाचित सांसद हुन्।
२ असोज, हेटौंडा (मकवानपुर)। बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराए। मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए। आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4