+
+
Shares

सरकार निर्माणमा समर्थन दिइएको छैन, निर्णयविपरीत जानेलाई कारबाही हुन्छ : लिङ्देन

‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन । मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णयविपरीत हो’, ’ लिङ्देनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:४७

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन,’ लिङ्देनले भनेका छन्,‘मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णयविपरीत हो ।’

लिङ्देनले उक्त विषयबारे प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उल्लेख गर्दै पार्टी निर्णयविपरीत क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

‘उक्त विषय हामीले प्रदेश प्रमुखसमक्ष जानकारी गराइसकेका छौं,’ उनले भनेका छन् ।

लिङ्देनले पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्नहरूमाथि अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?